काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीलाई कारबाही गरेको छ । खानामा किरा परेको उजुरीपछि अनुगमन गर्दा कैफियत भेटिएपछि विभागले कारबाही स्वरूप दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त खाद्य व्यवसायलाई जरिवान गरिएको विभागले जनाएको छ ।विभागका अनुसार असोज २४ गते फोनमार्फत् प्राप्त उजुरीका आधारमा विभागको र्यापिड रेस्पोन्स टिम (आरआरटी) ले तत्काल अनुगमन गरेको थियो ।
खानामा किरा परेको उजुरीपछि अनुगमन गर्दा कैफियत भेटिएपछि विभागले कारबाही स्वरूप दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसमेत सहभागी थियो । अनुगमनका क्रममा भान्सा कोठाको सरसफाइ सन्तोषजनक नरहेको, पकाइएका खाद्य पदार्थ नछोपी भण्डारण गरिएको तथा फ्रिज र भान्सा कोठामा साङ्ला र भुसुनाजस्ता किरा देखिएको पाइएको थियो ।
त्यस्तै, भान्साको ड्रेनेजको सरसफाइ कमजोर रहेको, फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा राखिएको, डस्टबिन खुला छाडिएको र फोहोर रहेको पाइएको थियो । पकाइएको फ्राइड आलु मसीजन्य कागज अर्थात् पत्रिकामा भण्डारण गरिएकोसमेत भेटिएको थियो । उक्त कैफियतका आधारमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दुई लाख ५० हजार रुपैयाँ जरिवानाका साथै पत्रिकामा भण्डारण गरिएको करिब एक केजी फ्राइड आलु नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले पकाइएका खाद्य पदार्थ राम्ररी छोपेर राख्न, किरा नियन्त्रणको व्यवस्था प्रभावकारी बनाउन, सरसफाइमा विशेष ध्यान दिन तथा फ्रिज र भान्साकोठामा खाद्य पदार्थ व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिएको छ । साथै कैफियत सुधार गरी त्यसको प्रमाणसहित सात दिनभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं