काठमाडौं । बडादशैँको शुभ अवसरमा अरुणिमा शैक्षिक प्रतिष्ठानले अन्तर-अरुणिमा नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतिष्ठानअन्तर्गतका नवअरुणिमा माध्यमिक विद्यालय(आरुबारी), अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालय (महांकाल) र अरुणिमा माध्यमिक विद्यालय (बौद्ध)मा अध्ययनरत विद्यार्थीबीच रचनात्मक प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन विद्यार्थीद्वय सञ्चिता कटवाल र शमशेर आलमले गर्नुभएको थियो ।
कक्षा १-३, कक्षा ४-६ र कक्षा ७-९ गरी तीन तहमा सहभागी गराइएको प्रतियोगितामा तीनवटा विद्यालयबाट एक सयभन्दा बढी प्रतियोगीले एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीबीच उच्चस्तरको प्रतिस्पर्धा भएको प्रतियोगितामा एकल नृत्यतर्फ कक्षा १-३ समूहबाट नव अरुणिमा मावि, अरुणिमा शिक्षा सदन मावि र अरुणिमा मावि क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए ।
कक्षा ४-६ समूहबाट नव अरुणिमा मावि, अरुणिमा मावि र अरुणिमा शिक्षा सदन मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने कक्षा ७-९ समूहबाट नव अरुणिमा मावि, अरुणिमा मावि र अरुणिमा शिक्षा सदन मावि क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए । सामूहिक नृत्यतर्फ कक्षा १-३ समूहबाट नव अरुणिमा मावि प्रथम एवं अरुणिमा मावि र अरुणिमा शिक्षा सदन मावि द्वितीय हुन सफल भए । कक्षा ४-६ समूहबाट अरुणिमा शिक्षा सदन मावि, अरुणिमा मावि एवं नव अरुणिमा माविले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे ।
साथै कक्षा ७-९ समूहबाट नव अरुणिमा मावि, अरुणिमा मावि र अरुणिमा शिक्षा सदन मावि क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता निकै सफल रहेको बताउनुभएको थियो ।







पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,