काठमाडौं । मुक्तिनाथ क्यापिटलले काठमाडौंको चाबहिलस्थित रिलायन्स कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत करिब सय जना विद्यार्थी सहभागी भएका थिए ।
कम्पनीका अनुसार कार्यक्रममा विद्यार्थीलाई धितोपत्र तथा पुँजी बजारसम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा धितोपत्र व्यवसायअन्तर्गत मर्चेन्ट बैंकरले गर्ने कामका साथै सेयर लगानीका आधारभूत विषयमा पनि चर्चा गरिएको थियो ।
विद्यार्थीलाई लगानी गर्दा हुन सक्ने जोखिम र त्यसको व्यवस्थापन गर्ने तरिकाका साथै सुरक्षित लगानीका अभ्यासबारे समेत सचेत गराइएको कम्पनीले जनाएको छ । विद्यार्थीमा वित्तीय ज्ञान र पुँजी बजारसम्बन्धी सचेतना बढाउने उद्देश्यले आयोजित कार्यक्रमले युवा पुस्तालाई लगानीसम्बन्धी निर्णय लिन आवश्यक आधारभूत ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।







कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना