काठमाडौं । ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकका लेखक वीणा जोशी (राजभण्डारी) लाई २०८२ सालको मदन पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, नेपाली गीत लेखनमा छ दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किनुभएकी जोशी नृत्यकलाविद् हुनुहुन्छ। उहाँद्वारा लिखित ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो।
करिब १ हजार ४०० पृष्ठको उक्त पुस्तकमा १७ वटा खण्ड छन्। पुस्तकमा काठमाडौं उपत्यकाका लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवतासँग सम्बन्धित मुकुण्डोनाच (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास समेटिएको छ।
त्यस्तै, गीतकार खरेललाई नेपाली गीत लेखनका माध्यमबाट नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा पुर्याउनुभएको योगदानको कदर गर्दै जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो। उहाँले छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखन क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ।






भेलदेखि जेलसम्म : ती दिनहरूभित्र
राशिफल २५ असोज, कर्कट :
‘श्रोता-दर्शकको माया र रचनात्मक सुझावले
बीपी राजमार्गमा स्थायी पुनर्निर्माणलाई तीव्रता
दिल्लीमा व्यापक प्रदर्शन, केजरीवाल र
ओलीको सूचीमा एमाले नेताहरूको असन्तुष्टि