काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु राइडस प्रालिले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को उपलब्धता आधिकारिक रूपमा विस्तार गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि उक्त मोटरसाइकल देशव्यापी क्षेत्रीय २० शोरूमहरूमा पुगेको हो । राइडर तथा उत्साहीहरूले अब आफ्नो नजिकैको आधिकारिक डिलरमा पुगेर प्रत्यक्ष रूपमा मोटरसाइकल अवलोकन गर्न, टेष्ट राइड लिन र सिधै बुकिङ गर्न सक्ने बताइएको छ ।
कम्पनीका अनुसार यामाहाको मूल मर्म ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’लाई आत्मसात् गरेको एक्सएसआर १५५ ले मौलिक रेट्रो स्टाइल र आधुनिक प्रदर्शनको उत्कृष्ट संयोजन प्रदान गर्छ । जसमा भिभिए प्रविधिको १५५ सिसी लिकुइड-कुल्ड इञ्जिन र ६-स्पिड गियर ट्रान्समिसन रहेको छ, जसले दैनिक यात्रा तथा हाइवे राइडमा सेगमेन्टमै उत्कृष्ट माइलेजका साथै भरपर्दो पावर र उच्च गतिमा स्थिरता प्रदान गर्छ ।
हाल उपलब्ध आकर्षक रङहरू ब्ल्याक, ग्रे, रेडका साथै लाइनअपमा थप स्टाइलका विकल्पहरूको ग्राहक मागलाई सम्बोधन गर्दै यामाहाले उक्त नयाँ ब्लु विकल्प बजारमा ल्याएको हो । पाँच लाख ३४ हजार नौ सय मूल्य तोकिएको नयाँ भेरियन्ट थप किफायतीसमेत भएकाले धेरैभन्दा धेरै राइडरहरूलाई मौलिक नियो–रेट्रो मोटरसाइकल खरिद गर्न सहज बनाउने कम्पनीको दाबी छ ।
क्षेत्रीय विस्तारका अवसरमा बोल्दै एमएडब्लु राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भन्नुभयो, ‘हामीले एक्सएसआर १५५ मा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ र राइडरहरूले थप नयाँ रङका विकल्पहरूको स्पष्ट माग गरिरहनुभएको थियो । ब्लु एक्सएसआरलाई क्षेत्रीय बजारहरूमा प्रत्यक्ष रूपमा पुर्याउनु हाम्रा लागि एउटा महत्त्वपूर्ण कदम हो ।
क्षेत्रीय ग्राहकहरू हाम्रो बढ्दो एक्सएसआर समुदायको प्रमुख हिस्सा हुनुहुन्छ र हामी उहाँहरूमाझ थप विकल्प तथा उत्कृष्ट अनुभवहरू सिधै पुर्याउन प्रतिबद्ध छौँ ।’ ब्लु यामाहा एक्सएसआर १५५ का लागि टेष्ट राइड तथा बुकिङ हाल देशव्यापी क्षेत्रीय शहरहरूमा रहेका आधिकारिक यामाहा डिलरसिपहरूमा खुला गरिएको पनि कम्पनीले जनाएको छ ।







चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट