काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी हुनुभएको छ। त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित हुनुभएको छ ।
उपसभापति खुलातर्फ भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ। आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।
अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपसभापति समावेशीतर्फको एक पदमा बिनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ। चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गर्नुभएको छ ।
महामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी हुनुभएको छ । पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको छ भने राणाले २ हजार ३३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ ।
महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नुभएको छ ।
महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको छ। उहाँले ३ हजार ११८ मत प्राप्त गर्नुभएको छ। उहाँकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्नुभएको छ भने रीता खनालले ८०४ मत प्राप्त गर्नुभएको छ ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको