काठमाडौं । विश्वव्यापी सवारी तथा सामान ढुवानी सेवा प्रदायक इनड्राइभले नेपालमा यात्रुलाई लक्षित गर्दै नयाँ ‘प्यासेन्जर ३६०’ अभियान सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले यात्रु र चालकबीच आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीलाई प्राथमिकता दिएको छ ।
कम्पनीका अनुसार यो अभियानले यात्रुलाई भाडा प्रस्ताव गर्ने स्वतन्त्रतासँगै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई उजागर गरेको छ ।
इनड्राइभको एपमार्फत यात्रुले सुझाइएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन् । नजिकै रहेका चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न पाउँछन् । त्यसपछि यात्रुले भाडा, चालक पुग्ने अनुमानित समय, चालकको मूल्याङ्कन र सवारीसाधनका आधारमा आफूलाई उपयुक्त चालक छनोट गर्न सक्छन् ।
यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुले तिर्नुपर्ने रकमबारे पहिल्यै जानकारी पाउने कम्पनीको भनाइ छ । यसले दैनिक आवतजावत गर्ने यात्रुलाई भाडाको पूर्वजानकारी र समयअनुसार सवारी छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
यो प्रणालीले चालकलाई पनि सवारी अनुरोध स्वीकार गर्ने वा अस्वीकार गर्ने तथा भाडामा सहमति नभए वैकल्पिक रकम प्रस्ताव गर्ने स्वतन्त्रता प्रदान गर्छ । यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने भएकाले अभियानले आपसी समझदारी र विश्वासलाई मुख्य सन्देश बनाएको छ ।
इनड्राइभका एसिया प्रशान्त क्षेत्रीय निर्देशक मार्क टलीले काठमाडौंका यात्रुका लागि भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण रहेको बताए । आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहेको उल्लेख गर्दै उनले यसले यात्रुलाई भाडा छनोटको स्वतन्त्रता र चालकलाई आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर दिने बताए ।
प्यासेन्जर ३६० अभियानमार्फत नेपालका यात्रुलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउन खोजिएको उनले बताए ।
इनड्राइभकी ब्रान्ड प्रतिनिधि तथा अभिनेत्री स्वस्तिमा खड्काले पनि कम्पनीको पारदर्शितालाई आफ्नो मनपर्ने पक्षका रूपमा उल्लेख गरिन् । यात्रु र चालकबीच यात्रा सुरु हुनुअघि नै भाडा तय हुने व्यवस्थाले यात्राको अन्त्यमा भाडालाई लिएर हुन सक्ने असमझदारी कम गर्ने उनको भनाइ छ ।
काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी यात्रा गर्न पाउनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै खड्काले ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने नाराले आपसी सहमति र विश्वासलाई प्रतिबिम्बित गर्ने बताइन् ।
यसै अभियानअन्तर्गत कम्पनीले स्वस्तिमा खड्का अभिनीत नयाँ प्रचारात्मक भिडियो पनि सार्वजनिक गरेको छ । नेपाली मौलिक संस्कृति झल्काउने सङ्गीत र स्थानीय परिवेश समेटिएको भिडियोले यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार पारिएको भिडियोले अभियानको मूल सन्देशलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने कम्पनीको अपेक्षा छ ।







मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र