काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीत भएका १३ जनालाई शपथ ग्रहण गराएका छन् ।
एमालेको स्थायी कमिटी बैठकले असोज २४ गते उनीहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटीमा मनोनीत हुनेहरूमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मिनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन् ।
अध्यक्ष ओलीले उनीहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यका रूपमा शपथ ग्रहण गराएका हुन् ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं