काठमाडाैं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदुत चिरनजंग थापाको संसदीय सुनुवाई प्रक्रियामा सांसदहरूले उहाँको कार्ययोजना, कुटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन् ।
सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदुतको अनुभवको प्रशंसा गर्दै अमेरिका जस्तो विश्वशक्तिको सामना गर्दा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन् । संसदीय सुनुवाई समितिको बैठकमा नेकपा एमालेकी सांसद पद्या अर्याल र नपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रश्तावित राजदुत थापाको कार्ययोजनाका विभिन्न बुँदाहरूमा स्पष्टीकरण माग गर्नुभयो ।
सांसद अर्यालले अमेरिकामा रहेका नेपाली डायस्पोराले भोग्दै आएका दुतावाससम्बन्धी समस्या, उनीहरूको सेवा-सुविधा र सांस्कृतिक अपनत्वका विषयमा ठोस योजना प्रश्तुत गर्न आग्रह गर्नुभयो । उहाँले राजदूतको कार्यकालमा नेपालले प्राप्त गर्ने ठोस नतिजा र एकवर्षीय कार्ययोजनाको खाका स्पष्ट नभएको भन्दै जिज्ञासा राख्नुभयो ।
सांसद वर्षमान पुनले प्रस्तावित राजदुत थापाको उच्च शैक्षिक र व्यावसायिक पृष्ठभुमिको प्रशंसा गरे पनि कार्ययोजनामा उल्लेखित कतिपय विषयमा असहमति जनाउनु भयो । थापाले कार्ययोजनामा राखेको ‘अमेरिकी सैन्य शक्तिबाट लाभ लिने’ र ‘सैन्य तथा सुरक्षा सहयोग सुदृढ गर्ने’ प्रस्तावमाथि पुनले आपत्ति जनाउनु भयो । उहाँले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार सैन्य सहयोग प्राथमिकतामा पर्नुपर्ने हो कि होइन भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै, दुतावासका कर्मचारी र तिनका परिवारले अमेरिकी रीतिरिवाज पूर्ण रूपमा पालना गर्ने भनी कार्ययोजनामा उल्लेख गरिएको विषय व्यावहारिक नभएको भन्दै सांसद पुनले यसमा स्पष्ट हुन आग्रह गर्नुभयो । उहाँले अमेरिका नेपालको लागि आर्थिक सहायता र लगानी भित्र्याउने दृष्टिकोणले महत्वपूर्ण भएकाले सोहीअनुसार कुटनीतिक सक्रियता बढाउन सुझाव दिनुभयो ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं