काठमाडौं । दसैँ नजिकिँदै गर्दा काठमाडौंसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । काठमाडौंको सिफल क्षेत्रमा ग्यास लिन उपभोक्ताहरू केही दिनदेखि लाइनमा बस्न बाध्य भएका छन् ।
उपभोक्ताहरूले मागअनुसार समयमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । कतिपयले महिनौँदेखि खाली सिलिन्डर लिएर ग्यासको प्रतीक्षा गरिरहेको बताएका छन् भने केही ग्यास पसलसमेत बन्द रहेको उनीहरूको भनाइ छ ।
सिफल क्षेत्रमा ग्यासको सिलिन्डर रातभर बाहिर राखेबापत ५० रुपैयाँसमेत तिर्नुपरेको उपभोक्ताहरूले गुनासो गरेका छन् । चाडपर्वको मुखमा ग्यास पाउनै मुस्किल भएपछि दैनिक घरायसी काम प्रभावित भएको उनीहरूको भनाइ छ ।
दसैँका बेला ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट ग्यास वितरण तथा खाली सिलिन्डर साट्ने व्यवस्था सुरु गरिएको छ । जुनसुकै कम्पनीको खाली सिलिन्डर साट्न सकिने व्यवस्था गरिएको भनिए पनि व्यवहारमा भने समस्या देखिएको उपभोक्ताहरूको गुनासो छ ।
उनीहरूकाअनुसार केही ग्यास उद्योगले अन्य कम्पनीका सिलिन्डर साट्न नमानेर आफ्नै ब्रान्डका सिलिन्डर मात्रै साटिदिने गरेका छन् । यसले सिलिन्डर साट्न र ग्यास लिन थप झन्झट भएको उपभोक्ताहरू बताउँछन् ।
चाडपर्वका बेला ग्यासको माग बढ्ने भएकाले सहज आपूर्ति सुनिश्चित गर्न तथा सिलिन्डर साट्ने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।







सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण
सेन्चुरी मसलाको नयाँ एयरटाइट जार