काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टलाई आफ्नो आधिकारिक अपरेल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । इटालीमा स्थापना भएको लोटो स्पोर्ट एक अन्तर्राष्ट्रिय खेलकुद ब्राण्ड हो, जसले खेलकुदसम्बन्धी पोसाक, जुत्ता तथा अन्य सामग्री उत्पादन गर्दै आएको छ ।
यस साझेदारीसँगै लोटो स्पोर्टले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेटको उत्साह र खेलकुदप्रतिको बढ्दो आकर्षणसँग जोडिने भएको छ । लोटो स्पोर्टले सुदूरपश्चिम रोयल्सको यात्रामा साथ दिन पाउँदा गर्व लागेको बताउँदै क्रिकेटले नेपालमा ल्याउने जोश, ऊर्जा र खेलभावनाको हिस्सा बन्न उत्साहित रहेको जनाएको छ ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले लोटो स्पोर्टसँगको साझेदारीले टोलीको व्यावसायिक यात्रालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘लोटो स्पोर्ट जस्तो अन्तर्राष्ट्रिय खेलकुद ब्राण्डसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ । खेलाडीको प्रदर्शनसँगै टोलीको पहिचान र व्यावसायिक प्रस्तुतिमा पनि पोसाकको महत्त्वपूर्ण भूमिका हुन्छ ।
यो साझेदारीले सुदूरपश्चिम रोयल्सको यात्रालाई थप व्यवस्थित र आकर्षक बनाउनुका साथै नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँग जोडिने अवसर प्रदान गर्ने विश्वास लिएका छौं’, खड्काले भन्नुभयो । लोटो स्पोर्टले पनि सुदूरपश्चिम रोयल्ससँग जोडिएर मैदानमा टोलीको यात्रालाई साथ दिन पाउनु गर्वको विषय भएको जनाएको छ ।







एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा