काठमाडौं । प्रहरीले काठमाडौं, कञ्चनपुर, झापा, सिराहा, दाङ, मकवानपुर र तनहुँलगायतका जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ५१० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-३ घर भई जोरपाटी बस्ने ३८ वर्षीय कृष्णबहादुर विश्वकर्मा र काभ्रेको तेमाल गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने २९ वर्षीय विशाल तामाङ रहेका छन् ।
त्यस्तै, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलबाट ट्रामाडोल २०७ ट्याब्लेटसहित सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ घर भई माकलबारी बस्ने २१ वर्षीय बिकेश नेपाली पक्राउ परेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका-१० बाट खैरो हेरोइन १४ ग्राम ६९० मिलिग्राम र नगद २० हजार ५०० रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका-६ का ३२ वर्षीय उद्धव साहु, ३२ वर्षीय महेन्द्र चन्द र वडा नम्बर ३ का ३० वर्षीय मुकेश मल्ल रहेका छन् ।
झापाको मेचीनगर नगरपालिका-६ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ २६ ग्राम १७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-११ अठारघरे कालिझोडाका २७ वर्षीय अनिश माझी पक्राउ परेका छन् ।
सिराहाको गोलबजार नगरपालिका-१ बैरीबाणबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्रामसहित धनगढीमाई नगरपालिका-१३ का १९ वर्षीय सुरज यादव र १९ वर्षीय श्यामबाबु कुमार यादव पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसाहातर्फ जाँदै गरेको स.६ प ७३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-९ चैनपुरबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ३७ ग्राम २३० मिलिग्राम र नगद ७९ हजार ५०० रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङसहितको टोलीले सुरेन्द्रबहादुर घर्ती मगरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि उनीसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, दाङकै राप्ती गाउँपालिका-१ पुलचोकबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित २० वर्षीय सुजल थापा र २२ वर्षीय शिवबहादुर पुन मगर पक्राउ परेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ स्कुलचोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५४० मिलिग्रामसहित २७ वर्षीय कपिल घर्ती पक्राउ परेका छन् ।
त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५७० ट्याब्लेटसहित नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१२ का ४० वर्षीय गणेश बास्फोर पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासहितको टोलीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको लु.२ ख ६५१५ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






ऐतिहासिक ज्यामरुककोट : जहाँ ढुंगाले
निसीखोला बाढी : १० करोड
स्थायी कमिटी बैठक अघि ओलीलाई
जलवायु परिवर्तनप्रति विश्वका शक्ति राष्ट्र
भेट्रान्स फुटबलको विजेतालाई १३ लाख
सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका