काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घट्दा चाँदी ६० रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर ४ हजार ३५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ