काठमाडौं । बजार अनुगमनलाई प्रभावकारी बनाउन तथा आम नागरिकको उपभोक्ता अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला समितिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
संगठनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न, वस्तु तथा सेवाको उचित मूल्य कायम गर्न र गुणस्तरमा ध्यान दिन प्रशासनको ध्यानाकर्षण गराएको हो ।
बजारमा उपभोक्ताले सहज रूपमा आवश्यक सामग्री प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने माग गर्दै संगठनले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
त्यसैगरी, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउनुका साथै उनीहरूको अधिकारको संरक्षण र सुनिश्चितताका लागि सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने संगठनको माग छ ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता