काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गर्नुभएको छ ।
खुलातर्फका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा ६ हजार १८८ मत गणना हुँदा खतिवडाले २ हजार ५८३ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा रहनुभएका अजयबाबु शिवाकोटीले १ हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।
हालसम्मको मतपरिणामअनुसार डिल्लीराम सुवेदीले १ हजार ६१९, देवेन्द्रराज कँडेलले १ हजार १९५, राजीव ढुंगानाले १ हजार ७७, विकास कोइरालाले १ हजार ८ र अमृतकुमार अर्यालले ९१३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, रमेशप्रसाद धमलाले ७०३ र विमलराज क्षेत्रीले २५५ मत प्राप्त गर्नुभएको छ ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि प्रतिस्पर्धा भइरहेको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।






मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय
नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई
निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक
निर्वाचन प्रहरीको पोशाक खरिद अध्ययन
आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–