काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित हुनुभएको छ ।
काठमाडौंको सानेपामा जारी मतगणना सकिएसँगै खतिवडा र शिवाकोटी निर्वाचित हुनुभएको हो । यद्यपि, निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी छ ।
यसअघि सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसक्नुभएको छ ।
कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशनबाट विभिन्न समूह र समावेशी क्लस्टरअन्तर्गत ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।







कात्तिक १ गतेदेखि चार दिन
भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८
दशैं नजिकिएसँगै काठमाडौं छाड्नेको भिड
घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८
नेपाल-भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक
सात दशक पुरानो कानून विस्थापन