क्याम्पसमा आयोजित विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रियामा अघि बढाउन आफू इमानदारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नयाँ–नयाँ विषयको अध्यापन सुरु गर्दै प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । युवाको चाहना र आवश्यकताअनुसारका विषय अध्यापन गराउन सके विदेश पलायनलाई समेत केही हदसम्म रोक्न सकिने उहाँको भनाइ थियो ।
अध्यक्ष गिरीले गोपालमान श्रेष्ठको नेतृत्वमा क्याम्पसले वर्तमान अवस्था हासिल गरेको उल्लेख गर्दै उहाँको योगदानको चर्चा गर्नुभयो । श्रेष्ठको निधनपछि क्याम्पसमा नेतृत्वको अभाव खड्किरहेको अवस्थामा आफूले जिम्मेवारी सम्हाल्नुपरेको बताउँदै उहाँले श्रेष्ठले अघि सारेका अधुरा काम पूरा गर्न आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका वरिष्ठ सदस्य तथा पूर्वसांसद एवं शिक्षाविद् नारायणप्रसाद मरासिनीले क्याम्पसको हितमा अध्यक्षसँग हातेमालो गर्दै अघि बढ्न आफू तयार रहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले भौतिक पूर्वाधारसँगै शैक्षिक क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । क्याम्पसलाई क्युएए प्रक्रियामा अघि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी, प्राध्यापक सङ्घका नवनिर्वाचित अध्यक्ष बाबुकुमार सिग्देलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्राध्यापकहरू विगतदेखि नै एकताबद्ध भएर लागिरहेको बताउनुभयो । आगामी दिनमा पनि सञ्चालक समितिले अघि सार्ने उपयुक्त योजनालाई सफल बनाउन सिङ्गो प्राध्यापक सङ्घ एकजुट भएर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सञ्चालक समिति सदस्य तथा पुतलीबजार नगरपालिका–१ का वडाध्यक्ष उत्तम श्रेष्ठ, सञ्चालक समिति सदस्यहरू पृथ्वी पोख्रेल र मुक्तिप्रसाद रेग्मी तथा सहायक क्याम्पस प्रमुख शङ्कर लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा कार्यवाहक अध्यक्ष गिरीसहित सञ्चालक समितिका सदस्यहरूले नवनिर्वाचित प्राध्यापक सङ्घलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
क्याम्पसमा एक साताअघि गठन भएको प्राध्यापक सङ्घको अध्यक्षमा बाबुकुमार सिग्देल, उपाध्यक्षमा उपेन्द्र रेग्मी, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा शिव खड्का निर्वाचित हुनुभएको छ ।







लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर