काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो । सुरुआतमै विकेट गुमाए पनि मध्यक्रममा भएको महत्त्वपूर्ण साझेदारी र अन्तिम ओभरमा करणको आक्रामक ब्याटिङले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको छ ।
नेपालका ओपनर आसिफ शेख ४ रनमा आउट हुँदा टोलीको स्कोर १७ रन थियो । त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्नुभयो । इशानले ३७ र अर्जुनले ४० रन बनाउनुभयो ।
त्यसपछि कप्तान रोहित पौडेल र बसिर अहमदले चौथो विकेटका लागि १०६ रनको महत्त्वपूर्ण साझेदारी गर्नुभयो । बसिर ३७ रनमा आउट हुनुभयो भने रोहितले ५८ बलमा २ चौका र १ छक्कासहित ६१ रन बनाउनुभयो । यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको १३औँ अर्धशतक हो ।
त्यसपछि दीपेन्द्रसिंह ऐरी २२ र सन्दीप जोरा १० रनमा आउट हुनुभयो । नेपालले ४६.१ ओभरमा २१६ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो ।
अन्तिम ओभरमा करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको स्कोर उकास्नुभयो । उहाँले १६ बलमा १ चौका र ४ छक्कासहित अविजित ४० रन बनाउनुभयो ।
ओमानका बलर साह फैसल, सकिल अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिनुभयो ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको थियो । ओमानविरुद्ध जितका लागि नेपालले अब घरेलु टोलीलाई २६४ रनमा रोक्नुपर्नेछ ।







कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना