यसअघि सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा बन्द भएको थियो ।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
यस दिन ३५१ वटा कम्पनी तथा वित्तीय उपकरणका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका धितोपत्रमध्ये १०४ वटाको मूल्य बढेको छ भने १६७ वटाको मूल्य घटेको छ । बाँकी ७ वटाको मूल्य स्थिर रहेको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।
यस दिन सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फन्ड ३० को मूल्य ५.२३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्यादी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकको समान २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड र लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन पाँच समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, लगानी, जीवन बिमा र निर्जीवन बिमा समूहका उपसूचकमा वृद्धि देखिएको छ । अन्य समूहका उपसूचक भने नकारात्मक रहेका छन् ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा