काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा आफ्ना ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट दिने भएको छ ।
यस सहकार्यअन्तर्गत ग्राहकले सामसङका टेलिभिजन, फ्रिज, वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा सामसङले चाडपर्वका अवसरमा उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् ।
दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गरी ल्याइएको यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । ग्राहकले खरिद गर्ने प्याक वा रेन्टल प्याकका आधारमा थप ५, ८ वा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।
एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको हो । दुवै कम्पनीले यस सहकार्यबाट ग्राहकलाई थप लाभ प्रदान गर्नुका साथै सेवा तथा उपभोक्ता अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउने विश्वास व्यक्त गरेका छन् ।
एनसेलका प्रोडक्ट डाइरेक्टर शारदाले ग्राहकलाई कनेक्टिभिटी सेवामा मात्र सीमित नराखी थप मूल्य र लाभ प्रदान गर्ने उद्देश्यअनुरूप सामसङसँग सहकार्य गरिएको बताउनुभयो ।
उहाँका अनुसार यस सहकार्यबाट ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्नेछन् । यसले चाडपर्वको खुसी बढाउनुका साथै ग्राहकलाई थप उत्साहका साथ चाडपर्व मनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच र डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन तथा आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ । यसबाट ग्राहकलाई उपकरण खरिदमा थप सुविधा र बचतको अवसर उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कसरी लिने छुट ?
यो सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपछि नेपालभर रहेका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमा पुगेर उपकरण खरिद गर्दा अतिरिक्त छुट लिन सक्नेछन् ।
अफरको सुविधा ग्राहकले लिएको प्याक वा रेन्टल प्याक तथा कम्पनीले तोकेको योग्यताका आधारमा उपलब्ध हुनेछ ।






मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय
नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई
निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक
निर्वाचन प्रहरीको पोशाक खरिद अध्ययन
आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–