ललितपुर । ललितपुरस्थित प्रसिद्ध बंगलामुखी मन्दिर परिसरमा चलचित्र ‘बाकस’को शुभमुहूर्त गरिएको छ । निर्देशक नवीन पन्तको निर्देशनमा बन्न लागेको चलचित्रको निर्माण पक्षले विधिवत् पूजाआजा गर्दै शुभारम्भ गरेको हो ।
चलचित्रमा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, रोहित श्रेष्ठ र विमल यादवको मुख्य भूमिका रहनेछ । यसै चलचित्रमार्फत अभिनेता भोलाराज सापकोटा र उहाँकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ अभिनय गर्दैहुनुहुन्छ ।
पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक पन्त स्वयंले लेख्नुभएको हो । सुजिता चौलागाईं निर्माता रहेको चलचित्रमा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता तथा धीरेन्द्र पन्त कार्यकारी निर्माता हुनुहुन्छ ।
महेश पौडेलको छायांकन, दीपक शर्मा र सनम पुरुष राईको संगीत तथा किरण दाहालको द्वन्द्व निर्देशन रहने चलचित्रको कोरियोग्राफी सियोन श्रेष्ठले गर्नुहुनेछ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन दशैँलगत्तै सुरु हुने जनाइएको छ ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता