काठमाडौं । कुमार गजुरेल निर्देशित नेपाली चलचित्र ‘सारथी’को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा अभिनेत्री निरुता सिंहलाई दूधे बालक काखमा बोकेको र पैतालाबाट रगत बगिरहेको गम्भीर तथा रहस्यमय अवतारमा प्रस्तुत गरिएको छ । बच्चाको रोदनबाट सुरु हुने प्रोमोले चलचित्रको कथावस्तुप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित चलचित्रमा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसीलगायत कलाकारको अभिनय छ । म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुनुहुन्छ । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्र आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म