हरारे । जिम्बाब्वेकी पूर्व तीव्र गतिकी बलर तथा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सारा डम्बानेभानाको ३६ वर्षको उमेरमा निधन भएको छ । उहाँको सोमबार राजधानी हरारेमा निधन भएको जिम्बाब्वे क्रिकेटले जनाएको छ । जिम्बाब्वे क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार डम्बानेभाना गत मार्चमा एक चिकित्सकीय प्रक्रिया पूरा गरेपछि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
खेलाडीका रूपमा जिम्बाब्वेको प्रतिनिधित्व गर्नुभएका डम्बानेभानाले पछि अम्पायरका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको थियो । उहाँले महिला क्रिकेटमा अम्पायरिङ गर्दै विश्वकपजस्ता प्रतिष्ठित प्रतियोगितामा जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको थियो । उहाँको अन्तर्राष्ट्रिय वरिष्ठ अम्पायरिङ करिअर २ सेप्टेम्बर २०२३ मा सुरु भएको थियो । त्यसपछि उहाँले सन् २०२४ मा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित महिला टी-२० विश्वकप र सन् २०२५ मा भारत तथा श्रीलंकामा सम्पन्न महिला एकदिवसीय विश्वकपमा अम्पायरिङ गर्नुभएको थियो ।
सन् २०२५ को महिला एकदिवसीय विश्वकपमा उहाँ प्रतियोगिताकै ऐतिहासिक पूर्ण महिला म्याच अफिसियल समूहकी सदस्य हुनुहुन्थ्यो । त्यसअघि सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजित आइसिसी यू-१९ महिला टी-२० विश्वकपको भारत र इंग्ल्याण्डबीचको फाइनलमा उहाँले अम्पायरिङ गर्नुभएको थियो । उक्त जिम्मेवारी सम्हाल्दै उहाँ विश्वकपको फाइनलमा अम्पायरिङ गर्ने पहिलो जिम्बाब्वेली महिला बन्नुभएको थियो ।
उहाँको अम्पायरिङ करिअरमा वरिष्ठ अन्तर्राष्ट्रियस्तरका कुल ६३ खेल समावेश छन् । उहाँले ४२ महिला टी-२० अन्तर्राष्ट्रिय, ११ महिला एकदिवसीय अन्तर्राष्ट्रिय र १० पुरुष टी-२० अन्तर्राष्ट्रिय खेलमा अम्पायरिङ गर्नुभएको थियो । यसबाहेक उहाँले घरेलु क्रिकेट तथा विभिन्न अन्तर्राष्ट्रिय युवा प्रतियोगितामा पनि अम्पायरको भूमिका निर्वाह गर्नुभएको थियो ।
डम्बानेभानाले सन् २००९ देखि २०१४ सम्म जिम्बाब्वेको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्नुभएको थियो । तीव्र गतिमा बलिङ गर्ने उहाँले खेलाडीका रूपमा देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुल्नुभएको थियो । सन् २०११ मा आयोजित विश्वकप छनोट प्रतियोगितामा पनि उहाँले जिम्बाब्वेको प्रतिनिधित्व गर्नुभएको थियो । एजेन्सी







कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८