काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैँ सादगीपूर्वक मनाउने हुनुभएको छ । उहाँले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने हुनुभएको हो । निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा प्राकृतिक विपत्तिका कारण देशमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ मानिस विस्थापित भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको उल्लेख छ ।
सूचनाअनुसार गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राकृतिक विपत्तिमा सयौँ मानिसको दुःखद निधन भएको र हजारौँ विस्थापित भएको परिस्थितिलाई ध्यानमा राख्दै पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै दशैँ सादगीपूर्वक मनाउने निर्णय गर्नुभएको हो ।
सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ ।’
सचिवालयले यस वर्षको विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको पनि स्पष्ट पारेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति संवेदनशीलता प्रकट गर्दै पूर्वराजा शाहले दशैँमा टीका लगाइदिने परम्परागत कार्यक्रम नराख्ने निर्णय गर्नुभएको हो ।







पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण