रौतहट । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित उनासी पुलमा दुई बसको ठक्करबाट ईभी चालक घाइते हुनुभएकाे छ ।
बुधबार बिहान करिब ३ बजे पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी ४१ वर्षीय ईभी चालक ब्रह्मदेव मण्डल घाइते हुनुभएकाे हाे ।
प्रहरीका अनुसार दुर्घटनामा मण्डलको ढाडमा चोट लागेको छ । उनको निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।
काँकडभिट्टाबाट नेपालगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि साइड लगाएर रोकिएको थियो । सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेस प्रदेश ०४–००१ ज ०१६० नम्बरको ईभीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
पछाडिबाट बसले ठक्कर दिएपछि ईभी अगाडि रोकिएको बसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा ईभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ ।
दुर्घटनामा दुवै बसका चालक भने सकुशल रहेका छन् । बागमती प्रदेशको बसका चालक झापाको मेचीनगर नगरपालिका–७ निवासी ३४ वर्षीय भरत निरौला हुन् । उक्त बसमा यात्रु रहेकाले आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशको बसका चालक झापाको कमल गाउँपालिका–६ निवासी करिब ४७ वर्षीय डम्बरकुमार ताजपुरिया पनि सकुशल छन् । दुर्घटनामा संलग्न उक्त बस र चालकलाई इलाका ट्राफिक प्रहरी कार्यालय निजगढले नियन्त्रणमा राखेको छ ।
दुर्घटनापछि असई अनराजेश्वरप्रसाद चौरसियाको कमान्डमा सात जना ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।






चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना