हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० मेनरोडस्थित सडक छेउको पुरानो घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मंगलबार बिहान ७:२५ बजे भएको घटनामा हेटौँडा-१० पूर्वेलीटोल निवासी ४५ वर्षीय किरण राना मगरको मृत्यु भएको हो । घटनामा मनहरी गाउँपालिका-६ निवासी २७ वर्षीय रोशन श्रेष्ठ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार घरको जगमा रहेको इँटा निकाल्ने क्रममा माथिबाट माटो खसेर दुवै जना पुरिएका थिए । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो ।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले किरण राना मगरलाई ६ बजे मृत घोषणा गरेका थिए । घाइते रोशन श्रेष्ठको कम्मरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उक्त घर घरधनी उवार्सी श्रेष्ठको रहेको र उनी हाल न्युजिल्यान्डमा बस्दै आएको प्रहरीले जनाएको छ । करिब १५ वर्षदेखि हेटौँडा-११ निवासी बसन्त कप्रौलाले घर भाडामा लिँदै आएका थिए । आफ्नो घर निर्माणका लागि इँटा निकाल्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी