भोजपुर । भोजपुर जिल्लाका स्थानीय तह र सरकारी कार्यालयहरुले सम्पादन गर्दै आईरहेका योजनाहरुको बारेमा बार्षिक समिक्षा कार्यक्रम गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरको आयोजनामा आर्थिक बर्ष २०८२/०८३ को स्थानीय तह र जिल्ला स्थित सरकारी कार्यालयका विकास निर्माण र सेवा प्रवाहको बार्षिक समिक्षा गर्ने उद्देश्यले समिक्षा कार्यक्रमको आयोजना गरिएको निमित्त जिल्ला समन्वय अधिकारी मनोज कुमार मेहताले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति भोजपुरका कार्यवाहक प्रमुख अनिशा खड्काको अध्यक्षता भएको समिक्षा कार्यक्रममा १८ वटा कार्यालयबाट बार्षिक प्रगति विवरण प्रस्तुत गरिएको छ । सोक्रममा कार्यालय र स्थानीय पालिकाहरुले बार्षिक बजेट, राजस्व संकलन, सेवा प्रवाह, विकास निर्माणको अवस्थाकालगायतका विषयमा प्रस्तुतीकरण गरिएको थियो ।
समिक्षा कार्यक्रमले पालिका र जिल्लास्थित सरकारी कार्यालयहरुबाट प्रदान हुँदै आएका कार्यालयहरुको प्रगति, समस्या र चुनौतीहरु पनि थाहा हुने भएकाले समन्वयमा सहजता हुने कार्यवाहक प्रमुख खड्काले बताउनुभयो ।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको