काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, बर्दियाको गुलरिया नगरपालिका-१ बाट ब्राउनसुगरजस्तो देखिने ३ ग्राम १६० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ का ३४ वर्षीय चन्द्रबहादुर कामी र ठाकुरबाबा नगरपालिका-१ का २६ वर्षीय विजय चौधरी रहेका छन् । प्रहरी चौकी खैरापुरबाट खटिएको टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ९०० मिलिग्राम पदार्थसहित धनगढी-५ का २२ वर्षीय पंकज बाल्मिकी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीसहितको प्रहरी टोलीले उनलाई मंगलबार राति पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-४ स्थित महेन्द्रनगर बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने ६० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका-७ घर भएका १९ वर्षीय रोहित नेपालीसमेत रहेका छन् । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद लागूऔषधका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता