काठमाडौं । काठमाडौंको कलंकीमा भएको कुटपिटमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ घर भई काठमाडौं खसी बजारमा बस्दै आएका १८ वर्षीय रोशन पाख्रिन रहेका छन् ।
प्रहरीकाअनुसार घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका १९ वर्षीय रूपेश पाख्रिनलाई मंगलबार बिहान पक्राउ गरिएको छ ।
काठमाडौं महानगरपालिका-१४, कलंकीमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए । घाइते रोशनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले आरोपित रूपेशलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई समेत नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






मन्त्रिपरिषद्को बैठक सुरु
भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा संसदीय
नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई
निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक
निर्वाचन प्रहरीको पोशाक खरिद अध्ययन
आईजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौती–