यस वर्ष च्याङ्ग्रा खरिददेखि ढुवानीसम्मका समस्या र मूल्यवृद्धिले व्यापार प्रभावित भएको व्यापारीहरूले बताएका छन्। सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका व्यापारी मेखबहादुर नेपालले ३० वर्षभन्दा लामो समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएको भए पनि यस वर्षजस्तो महँगी कहिल्यै अनुभव नगरेको बताउनुभयो।
उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब ३ हजार रुपैयाँसम्म बढेको छ। मूल्यवृद्धि भए पनि उपभोक्तालाई ध्यानमा राखेर आफूले गत वर्षकै हाराहारीमा मूल्य कायम गरी बिक्री गरिरहेको उहाँले बताउनुभयो।
सल्लाघारीमा च्याङ्ग्राको मूल्य जिउँदो तौलअनुसार प्रतिकिलो १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म रहेको छ। नेपालले आफूले प्रतिकिलो १ हजार ३०० रुपैयाँभन्दा बढीमा च्याङ्ग्रा बिक्री नगरेको बताउनुभयो। पसलमा लैजाने व्यापारीलाई भने खरिदको परिमाण र कारोबारका आधारमा प्रतिगोटा १० देखि २० रुपैयाँसम्म छुट दिने गरिएको उहाँले जानकारी दिनुभयो।
यस वर्ष मुस्ताङबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याउनसमेत निकै कठिन भएको व्यापारीहरूको भनाइ छ। वर्षाका कारण सडक तथा पुलमा क्षति पुगेपछि ढुवानी प्रभावित भएको थियो। कतिपय स्थानमा खानपिन र बासको उचित व्यवस्था नहुँदा व्यापारी तथा च्याङ्ग्रा दुवैले समस्या भोग्नुपरेको थियो।
क्षतिग्रस्त सडक र पुल पार गर्न डोजर तथा टिपरको सहयोग लिनुपरेको नेपालले बताउनुभयो। च्याङ्ग्रा तार्न व्यापारीहरू आपसमा मिलेर काम गर्नुपरेको उहाँको भनाइ छ। विभिन्न कठिनाइ झेल्दै च्याङ्ग्रा काठमाडौं ल्याइएको उहाँले बताउनुभयो।
नेपालले यस वर्ष करिब ५ सय च्याङ्ग्रा ल्याउनुभएको छ। तीमध्ये २ सय च्याङ्ग्रा कलंकी खसीबजारका व्यापारीलाई बिक्रीका लागि उपलब्ध गराइएको छ भने बाँकी ३५१ वटा सल्लाघारीमा ल्याइएको उहाँले बताउनुभयो। सल्लाघारीमा मंगलबारदेखि च्याङ्ग्राको बिक्री सुरु गरिएको हो।
दसैँका लागि च्याङ्ग्रा खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट उपभोक्ता सल्लाघारी पुग्ने अपेक्षा व्यापारीहरूले गरेका छन्। मूल्यवृद्धि र ढुवानीमा कठिनाइका बाबजुद दसैँको मागलाई लक्षित गर्दै व्यापारीहरूले च्याङ्ग्रा बिक्रीका लागि ल्याएका हुन्।







बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको