रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
बुधबार बिहान करिब ११ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको स्कुल बसले घरअगाडि सडकछेउमा खेलिरहेकी स्थानीय महिमा चौधरीलाई ठक्कर दिएको थियो।
चन्द्रपुर नगरपालिका–८, मोतीपुर निवासी सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमाको बसको ठक्करबाट टाउकोको पछाडिपट्टि चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाएको जनाएको छ।
दुर्घटनामा संलग्न स्कुल बस जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ। बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी करिब ४५ वर्षीय कान्छा राईलाई पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?