काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त पाँच देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरूमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वाइटली रहनुभएको छ । त्यसैगरी, इन्डोनेसियाका लिस्टियोवाती, घानाका कोजो बोन्सु, सुडानका डा. मोहम्मद अब्दुल्ला अली एल्तोम र ब्रुनाई दारुस्सलामका सिटी आर्निफारोजा बिन्ती हाजी मोह्द जैनीले गैरआवासीय राजदूतका रूपमा ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।
समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराएर लगिएको थियो ।







पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी
पचरौता नगरपालिकाका वडाध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दामा
परराष्ट्र मन्त्रालयले भन्याे : प्रधानमन्त्रीको
दशैँ–तिहार लक्षित बजार अनुगमन तीव्र,
इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण