काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ओखरसहित पक्राउ गरेको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका-२६ विजयपुरबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । बुधबार राति पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय तिलक थापासमेत रहेका छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार रुपैयाँ नगद र १६ थान कौडासहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, मोरङको पथरी शनिश्चरे नगरपालिका-२ विष्णु चोकस्थित सन्तोषकुमार ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले घरधनी ढकालसहित उनीहरूलाई २० हजार ९३० रुपैयाँ नगद र तीन बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तीनवटै घटनामा पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।







काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको