देउवा समूहका केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले स्थानीय तहदेखि संघीय संसद्सम्मका निर्वाचित जनप्रतिनिधिलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको जानकारी दिनुभएको हो।
समितिले जारी गरेको पत्रमा नेपाली कांग्रेसबाट निर्वाचित भई हाल पदमा बहाल रहेका पालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने उल्लेख छ।
पत्रमा भनिएको छ, “प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका/नगर/उपमहानगर/महानगरपालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनुभएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउन हुन अनुरोध गर्दछु।”
देउवा समूहले आगामी मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सोही तयारीका क्रममा जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरिएको हो।






संविधानप्रदत्त अधिकार नपाउँदा कार्यसम्पादन प्रभावितः
एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,