काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्नुभएको छ।
प्रतिष्ठानका गतिविधि, नीति अध्ययन, अनुसन्धान तथा पार्टीका वैचारिक विषयलाई व्यवस्थित रूपमा अभिलेखीकरण र सार्वजनिक गर्न वेबसाइटले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वेबसाइटमार्फत प्रतिष्ठानका अध्ययन तथा अनुसन्धानसम्बन्धी सामग्री, नीतिगत दस्तावेज र अन्य जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिनेछ।
वेबसाइट सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानको भूमिका, नीति निर्माणमा अध्ययन तथा अनुसन्धानको महत्त्व र त्यसको प्रभावकारी उपयोगबारे धारणा राख्नुभएको थियो।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं