काठमाडौं । साताको कारोबारअन्तर्गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४.५६ अंकले बढेर २ हजार ६२५.८२ विन्दुमा पुगेको हो।
यसअघि बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेको थियो। बिहीबार परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बिहीबार बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र लक्ष्मी उन्नति कोषको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपी पावरको २७ करोड, घलेम्दी हाइड्रोपावरको १८ करोड, पिपुल्स हाइड्रोपावरको १२ करोड र ग्रीन भेन्चर्सको ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन चारवटा समूहका उपसूचकमा गिरावट आएको छ भने बाँकी समूहका उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ, म्युचुअल फन्ड, होटल तथा पर्यटन र ट्रेडिङ समूहका उपसूचक घटेका छन्।





नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम
काँग्रेसलाई एकढिक्का बनाएर नयाँ उचाइमा
उत्पादन, दिगो रोजगारी र जीवनस्तर
विदेशी मुद्रा सञ्चिति ४० खर्ब
बाढीले पुरेको म्याग्दीको तातोपानी कुण्ड
काँग्रेस नेताहरू भन्छन्–‘नयाँ नेतृत्वले पार्टीलाई