दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेका छन्। दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले वलीको मृत्यु भएको जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकल जलेका कारण नम्बर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा बंगलाचुली गाउँपालिका–४ का सुनिल खत्री र रामबहादुर डाँगी रहेका छन्। दुवै जनाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको एक मोटरसाइकलमा तीन जना सवार थिए। उक्त मोटरसाइकलका चालक बंगलाचुली गाउँपालिका–४ का मोहन डाँगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ।
फरार चालक डाँगीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ