काठमाडौं । बडादशैँ अर्थात् नवरात्रीको छैटौं दिन आज (शुक्रबार) कात्यायनी भगवतीको पूजाआजा गरिँदै छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दानलगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरूबाट हुने विघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा जन्मिएकी थिइन् । उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् । राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् ।
माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अति शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवी भागवत्लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।आज देवी मन्दिर, शक्तिपीठ तथा दशैँघरहरूमा देवी कात्यायनीको पूजाआराधना गरिन्छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।







‘सुदूर कर्णाली सिंगिङ एण्ड डान्सिङ
‘बाटुलो जून’को गीतमा प्रेमिल अनमोल
राजु परियार र विमला सुनारको
रेखाको ‘३६ को आँकडा’ को
अञ्जना गुरुङको स्वरमा ‘भोटेकोशी झैँ’
बक्सअफिसमा ‘बाः एक योद्धा’ अगाडि