काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार फूलपातीका दिन शपथग्रहण गर्नुहुने भएको छ। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको हो।
निर्वाचन समितिले यसअघि सबै पदाधिकारीको शपथग्रहण दसैंपछि गर्ने जनाएको थियो। तर, सभापति पदको मतगणना सम्पन्न भइसकेकाले थापाको शपथग्रहण भने फूलपातीमै गर्न लागिएको हो।
गत असोज २३ गते भएको निर्वाचनअन्तर्गत सभापति पदको मतगणना सकिए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना र प्रमाणपत्र वितरण दसैंपछि मात्रै हुने भएको छ। कतिपय नेताहरू दसैं मनाउन जिल्ला गइसकेकाले सभापतिबाहेक अन्य पदाधिकारीको शपथग्रहण तथा नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि दसैंपछि मात्रै हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनुभयो।
यसपटकको महाधिवेशनमा सात हजार ३९२ मतदाताले मतदान गरेका थिए। कुल २२९ पदका लागि ७७ प्रकारका मतपत्र प्रयोग गरिएको थियो। झन्डै एक लाख ६२ हजार मतपत्रको गणना गर्न २५ वटा समूह बनाएर दिनरात काम गरिएको थियो।
निर्वाचन समितिका अनुसार १४औँ महाधिवेशनको तुलनामा यसपटक मतगणना कार्य दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको छ। मतगणना विवादरहित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समितिले जनाएको छ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं