आयोगका अनुसार गत शैक्षिक सत्रको तुलनामा यस वर्ष कुल सिट संख्या ४१८ ले बढेको छ। थपिएका सिटमध्ये एमबीबीएसमा ११०, बीएस्सी नर्सिङमा २१० र बीएमएसमा ९८ सिट रहेका छन्।
आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएसतर्फ थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।
निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट संख्या वृद्धि नगरिएको सदस्यसचिव निरौलाले जानकारी दिनुभयो।
सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर आवेदन दिएका थिए। तीमध्ये अनुगमन टोलीको प्रतिवेदन तथा आवश्यक मापदण्डका आधारमा ८४ वटा शिक्षण संस्थाको सिट निर्धारण गरिएको आयोगले जनाएको छ।
शिक्षण संस्थाको भौतिक पूर्वाधार, शिक्षक तथा अन्य जनशक्तिको उपलब्धता र निर्धारित मापदण्डका आधारमा सिट संख्या तय गरिएको हो। आयोगले सबै संस्थालाई मागअनुसार सिट उपलब्ध नगराई अनुगमनबाट प्राप्त विवरणलाई आधार बनाएको जनाएको छ।
यस वर्ष सरकारी शिक्षण संस्थामा सिट वृद्धि गरिए पनि निजी मेडिकल कलेजको सिट संख्या यथावत् राखिएको छ। थप सिटले चिकित्सा शिक्षाका विभिन्न विधामा विद्यार्थी भर्नाको अवसर विस्तार गर्ने तथा स्वास्थ्य जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा