केही दिनअघि जनआस्थाले सुनार र एक महिलाबीचको फोन संवादको अडियो सार्वजनिक गरेको थियो। उक्त अडियोमा सुनारले महिलालाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेको र धम्की दिएको आरोप लागेको छ। तर, सुनारले भने उक्त अडियो कृत्रिम बुद्धिमत्ता (एआई) वा क्यारिकेचर प्रयोग गरेर बनाइएको दाबी गर्दै आउनुभएको छ।
विवादित घटनाबारे अनुसन्धान गर्न रास्वपाले पार्टीको अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। छानबिन समिति संयोजक हरिचन्द्र भट्टराईको लिखित मागपछि अडियो र सम्बन्धित कागजात उपलब्ध गराइएको जनआस्थाका सम्पादक किशोर श्रेष्ठले सार्वजनिक गर्नुभएको हो।
यसैबीच, सरकारले पनि सांसद सुनारसँग सम्बन्धित घटनाबारे आवश्यक प्रक्रियाअनुसार अनुसन्धान गरेर अघि बढ्ने जनाएको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आवश्यक परे घटनाबारे अनुसन्धान गरी विधिसम्मत रूपमा अघि बढ्ने बताउनुभयो।
सञ्चारकर्मीहरूले सरकारले घटनाबारे चासो नदेखाएको भन्दै सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले त्यस्तो आरोपमा सत्यता नरहेको बताउनुभयो। सरकारले कुनै पनि घटनालाई दबाउने नियत नराखेको उल्लेख गर्दै उहाँले आवश्यक सबै प्रक्रिया अघि बढाइने स्पष्ट पार्नुभयो।
‘सरकारले आवश्यक पर्दा अनुसन्धान गरेर यसलाई विधिवत् रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार अघि बढ्छ। कुन प्रमाण र तथ्यका आधारमा दबाउन खोजिएको भन्नुभयो, सरकारको त्यस्तो कुनै नियत छैन। त्यस्तो हुनु हुँदैन। आवश्यक सबै प्रक्रिया अगाडि बढ्छ,’ उहाँले भन्नुभयो।
मन्त्री तिमिल्सिनाले सांसद सुनारसँग सम्बन्धित विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको पनि स्पष्ट पार्नुभयो।
सुनारसँग सम्बन्धित अडियोको सत्यता र त्यसमा उठाइएका आरोपबारे छानबिन हुन बाँकी रहेकाले घटनाको वास्तविकता अनुसन्धानबाट पुष्टि हुनुपर्नेछ।







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको