बैंकले एनपीएलसँगको सहकार्यलाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकलाई मनोरञ्जनसँगै पुरस्कार प्राप्त गर्ने अवसर प्रदान गर्न यो गेम सुरु गरेको जनाएको छ।
मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध गेममा प्रयोगकर्ताले लगइन नगरी पनि सहभागी हुन सक्नेछन्। गेम खेल्दा एनपीएलका आठ टोलीमध्ये आफूलाई मनपर्ने टोली छनोट गरी ब्याटिङ तथा बलिङ गर्न सकिनेछ।
गेममा ब्याटिङ गर्दा बनाएको प्रत्येक रनबापत एक सिद्धार्थ लोयल्टी पोइन्ट र बलिङ गर्दा लिएको प्रत्येक विकेटबापत ६ पोइन्ट प्राप्त हुनेछ।
सिद्धार्थ बैंकमा बचत खाता भएका ग्राहकले गेम खेलेर आर्जन गरेका पोइन्ट ‘सिद्धार्थ रिवार्ड्स’ प्लेटफर्ममार्फत रिडिम गर्न सक्नेछन्। बैंकमा खाता नभएका प्रयोगकर्ताले पनि गेम खेल्न र पोइन्ट संकलन गर्न पाउनेछन्। तर, संकलित पोइन्ट रिडिम गर्न भने सिद्धार्थ बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ सेवा लिनुपर्नेछ।
बैंकका अनुसार यस पहलको उद्देश्य क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहकको सहभागिता बढाउनु र बैंकिङ अनुभवलाई थप रोचक बनाउनु हो।
यससम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर