काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट औपचारिक मान्यता पाएको छ। प्रतियोगिता सुरु हुन १० दिन बाँकी रहँदा आईसीसीले मान्यता दिएको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै एनपीएलको तेस्रो संस्करणले आईसीसीको मान्यता पाएको जानकारी दिएको छ।
क्यानका अनुसार आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारमा सहयोग पुग्नुका साथै नेपालको घरेलु क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउनेछ।
‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
एनपीएलको तेस्रो संस्करणले आईसीसीको मान्यता पाएसँगै प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप स्थापित हुने अपेक्षा गरिएको छ।




नेपाल क्लियरिङ हाउसको १५औँ साधारण
सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम