काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले श्रेष्ठविरुद्ध निवेदन दिएपछि प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
प्रहरीको एक टोली शनिबार बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवास पुगेको थियो । त्यसपछि उनलाई साइबर ब्युरोको कार्यालय लगिएको ब्युरो स्रोतले जनाएको छ ।
समाचारको विषयलाई लिएर पन्तले शुक्रबार साइबर ब्युरोमा निवेदन दिएका थिए । श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएको बताइएको छ । दुवै पक्षबाट निवेदन परेपछि घटनाबारे छलफल गर्न बोलाइएको र दुवैलाई सँगै राखेर कुरा गराउने तयारी रहेको स्रोतले जनाएको छ ।
श्रेष्ठ यसअघि गत साउन २७ गते काठमाडौं प्रहरीबाट पक्राउ परेका थिए । त्यस क्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो ।
श्रेष्ठको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए ।
पछिल्लो घटनामा दुवै पक्षले एकअर्काविरुद्ध निवेदन दिएपछि साइबर ब्युरोले छलफलको प्रक्रिया अघि बढाएको हो ।







म्युचुअल फण्डमा नयाँ लगानीका ढोका
साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा
मिथिलाको सांस्कृतिक धरोहर झिझिया, तान्त्रिक
चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी,
सांसद खगेन्द्र सुनारबारे सरकार :
एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी