हरेक वर्ष फूलपातीका दिन आयोजना हुँदै आएको उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल तथा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा नेपाल सरकारका मन्त्रीहरू तथा उच्चपदस्थ कर्मचारीहरू पनि सहभागी भएका थिए। सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। साथै, सेनाले विभिन्न कला, कौशल तथा सैनिक प्रदर्शन प्रस्तुत गरेको थियो।
नेपाली संस्कृति र सैनिक परम्पराको महत्त्वपूर्ण हिस्सा मानिने फूलपाती बढाइँले बडादसैँको उल्लाससँगै राष्ट्रिय एकता र सांस्कृतिक परम्परालाई समेत प्रतिबिम्बित गर्दछ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं