पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव हुन नदिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टीको केन्द्रीय कार्यालयलाई उपलब्ध गराइएको हो। निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा संकलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने काम भने जारी रहेको जनाएको छ।
समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि प्रकारको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको स्पष्ट पारेका छन्। उनीहरूको स्वयंसेवी योगदानका कारण बचत भएको रकम पार्टीको संगठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले हस्तान्तरण गरिएको समितिको भनाइ छ।
नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै समितिले राजनीतिक तथा सांगठनिक अभियान सञ्चालनका लागि आर्थिक स्रोतसमेत आवश्यक पर्ने जनाएको छ।
सभापति गगनकुमार थापासहितको नयाँ नेतृत्वलाई पार्टीका गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जानकारी दिएको छ।







कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा