काठमाडौं । बसन्तपुरस्थित हनुमानढोकाको दसैँ घरमा गोरखा दरबारबाट ल्याइएको फूलपाती आज विधिपूर्वक भित्राइएको छ।
जमलबाट निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, पञ्चेबाजा तथा सांस्कृतिक नाचगानसहित फूलपातीलाई हनुमानढोकास्थित दसैँ घरमा पुर्याइएको थियो। त्यसपछि वैदिक विधिअनुसार फूलपाती भित्र्याइएको हो।
घटस्थापनादेखि नै दसैँ घरमा वैदिक विधिअनुसार दुर्गा भवानीको आह्वान गरी पूजाआजा गरिँदै आएको छ। दसैँको शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ।







अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी