काठमाडौं । बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
महाअष्टमीका दिन शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन् । बिहानैदेखि मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने श्रद्धालुको चहलपहल बढेको छ ।
दसैँको महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गरिन्छ । यस दिन देवीको आराधना, बलिपूजा तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने परम्परा छ । दशैँको प्रमुख शक्तिपीठमध्येका मन्दिरहरूमा पनि आज भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ ।
















दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं