काठमाडौं । बडादसैँमा राजधानीबाट गृहजिल्ला फर्कने यात्रुको आउजाउ निरन्तर रहे पनि पृथ्वी राजमार्गमा विगतका वर्षहरूको तुलनामा सवारीसाधनको चाप घटेको छ ।
दसैँका कारण सडक किनारका साना खानपिनका पसल तथा होटलहरू प्रायः बन्द छन् । यद्यपि, मलेखु क्षेत्रका माछा होटल र बेनिघाट क्षेत्रका स्टाफ होटलमा घर फर्किंदै गरेका तथा यात्रामा रहेका सर्वसाधारणको चहलपहल देखिन्छ ।
राजमार्गमा ठूला मालवाहक सवारीसाधनको उपस्थिति न्यून छ । त्यसको तुलनामा यात्रुवाहक हायस, निजी सवारीसाधन, पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी तथा समूह बनाएर यात्रा गरिरहेका मोटरसाइकल र स्कुटर बढी देखिन्छन् ।
पृथ्वी राजमार्गका विभिन्न खण्डमा भने यात्रा जोखिमपूर्ण छ । कतिपय ठाउँमा धुलो उड्ने समस्या छ भने कतै हिलो र खाल्डाखुल्डीका कारण सडक यात्रा कष्टकर बनेको छ । विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकलाई सडकको अवस्थाले सास्ती दिएको छ । धुलो, हिलो र खाल्डाखुल्डीका कारण दुईपाङ्ग्रे सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिमसमेत छ ।
तस्बिर : शंकर श्रेष्ठ






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब