काठमाडौं । वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा सडक यातायात प्रभावित भएको छ । म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य सडक अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीकाअनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । असोज १ गते बिहान ५ः५० बजेदेखि उक्त सडकखण्ड प्रभावित भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२ र ३ तथा वडा नम्बर १ को नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । आज बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खसेपछि कर्णाली राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि उक्त स्थानमा सडक यातायात प्रभावित भएको हो ।
प्रहरीकाअनुसार अवरुद्ध सडक खुलाउन तथा यातायात सञ्चालनलाई सहज बनाउन प्रयास भइरहेको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।






बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,